जहाँ चार पोका नुनका लागि घण्टौको पैदल यात्रा, लाइन अनि तँझाडमझाड हुन्छ (भिडियो रिपोर्टसहित)

२०७९ भदौ १३ गते १४:२०
जहाँ चार पोका नुनका लागि घण्टौको पैदल यात्रा, लाइन अनि तँझाडमझाड हुन्छ (भिडियो रिपोर्टसहित)

१३ भदौ २०७९ जुम्ला । सडक सञ्जाल जोडिएपछि अत्यावश्यक खाद्यान्नको अभाव नहुने अपेक्षा गरे पनि जुम्लामा अझै नुन अभाव छ । सडक विस्तारसँगै पहुँचवालाले मात्र नुन पाउने अवस्था अन्त्य भए पनि अझै जुम्लेली नुनका लागि घण्टौसम्म लाइनमा बस्न बाध्य छन् । लाइनमा बस्ने सबैले नुन पाउने अवस्था भने छैन् ।

यो कुनै मेलाको दृश्य होइन । न त यहाँ कुनै आन्दोलन भइरहेको छ । यो त नुन लिनका लागि भइरहेको हानथापको दृश्य हो । जुम्लामा लामो समयदेखि नुनका लागि यो संघर्ष चलिरहेको छ ।

नुन वितरण हुने डिपोभन्दा पर रहेका स्थानीय तहका जुम्लेली दुईदेखि तीन दिन लगाएर नुन लिन आउँछन् । तर, यसरी आएका सबैले नुन पाउँदैनन् । यहाँमध्ये कतिले त बिहानैदेखि लाइन बस्दा पाँच किलो नुन पाए भने कति त खाली हात फर्किए ।

हातमा नुनको पोका बोक्नु भएका उहाँहरू पातारासी गाउँपालिकादेखि पाँच घण्टाको बाटो छिचोलेर पाँच पोका नुन पाउनुभयो । यो संघर्षले नुनको अभावबारे प्रष्ट बोल्छ ।

हानथाप गर्दै नुन लिइरहेकाको भीडमा भेटिएकी कालिका गौतम भने खाली हात फर्कनुभयो । सातामा एक दिन नुनका लागि गोदाम खोलिदिँदा उहाँ यो भीडमा जान सक्नुभएन । अत्यावश्यक खाद्यान्नमा गनिने भए पनि यो अभाव सधैँको हो । सहज ढंगले नुन पाउनुपर्ने उहाँ जस्तै धेरैको माग छ ।

जुम्लाका सात गाउँपालिका र एक नगरपालिकावासीले नुन लिन ठूलै युद्ध जिते जस्तो गर्नुपर्छ । जुम्लामा हप्ताको तीन दिन आइतबार, मंगलबार र बिहीबार डिपो खुलाउने गरिएको भए पनि अहिले एक दिन मात्रै डिपो खुल्दा यो समस्या निम्तिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *