आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा पानी पर्ने सम्भावना

हिमालय टिभी
२०७९ भदौ १३ गते ९:०८
आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा पानी पर्ने सम्भावना

१३ भदौ २०७९ काठमाडौं । आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा पानी पर्ने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तर तर्फ अवस्थित रहेको छ । जसका कारण बिहानैदेखि देशभर सामान्य बदली भई लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा वर्षा भइरहेको छ ।

महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने बताएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले देशभर मौसम बदली भइ वर्षा हुने भएकाले सम्भावित जोखिमबाट बच्न पनि आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *