वीरेन्द्रनगरकाे आफ्नै पाठ्यक्रम- ‘हामी र हाम्रो वीरेन्द्रनगर’ (भिडियो रिपोर्टसहित)

२०७९ भदौ ११ गते १४:२५
वीरेन्द्रनगरकाे आफ्नै पाठ्यक्रम- ‘हामी र हाम्रो वीरेन्द्रनगर’ (भिडियो रिपोर्टसहित)

११ भदौ २०७९ सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको छ । स्थानीय भाषा, संस्कृतिलगायत समेटेर नगरपालिकाले स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको हो ।

कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले पहिलो चरणमा कक्षा १ देखि ३ कक्षासम्मका विद्यार्थीका लागि स्थानीय पाठ्यक्रम लागू गरेको छ ।

पाठ्यक्रममा नगरपालिकासहित जिल्ला परिचय, भौगोलिक अवस्था, ऐतिहासिक धार्मिक र पर्यटकीय क्षेत्रहरु समावेश गरिएको छ । नगरपालिकाले ुहामी र हाम्रो वीरेन्द्रनगरु नामको पाठ्यपुस्तक शुक्रबारदेखि सामुदायिक विद्यालयमा वितरण गर्न शुरु गरेको छ ।

नगरभत्रिका ८ कक्षासम्मका विद्यार्थीका लागि स्थानीय पाठ्यक्रम लागू हुने भए पनि अहिले भने सामुदायिक विद्यालयमा कक्षा १ देखि ३ सम्म मात्र लागू हुनेछ ।

वीरेन्द्रनगर नगरपालिका भित्र ६० वटा सामुदायिक र ८८ वटा संस्थागत विद्यालय छन् । स्थानीय पाठ्यक्रम लागू भएसँगै आधारभूत तहमा अध्ययनरत बालबालिकालाई आफ्नो सामाजिक तथा वातावरणीय परिवेशबारे जानकारी प्राप्त हुने नगरपालिकाको विश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *