गोकुलगंगास्थित शारदा मावि व्यवस्थापन समिति अध्यक्षमा कार्की चयन

हिमालय टिभी
२०७९ भदौ १० गते २१:०३
गोकुलगंगास्थित शारदा मावि व्यवस्थापन समिति अध्यक्षमा कार्की चयन

१० भदौ २०७९ गोकुलगंगा । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर २ स्थित पुरानो शारदा माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा मणिराज कार्की सर्वसम्मत चयन भएका छन् ।

शुक्रबार भएको अभिभावक भेलाले कार्कीको अध्यक्षतामा सुरेन्द्र श्रेष्ठ, उर्मिला थापा, अम्बिका बस्नेत, सुन्दरकुमार कार्की, खेटराज घिमिरे र निमलेकी शेर्ष सदस्य रहेका छन् ।

त्यसैगरी शिक्षक अभिभावक संघको अध्यक्षमा डबलबहादुर श्रेष्ठ चयन हुनु भएको छ। शिक्षक अभिभावक संघको सदस्यमा प्रल्हाद कार्की, डेनबहादुर तामाङ, दिपेन्द्र बस्नेत, केशव राउत, जुना खड्का सविता खड्का र रञ्जना खत्री रहनु भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *