बागमती सरकारले अझै बनाउन सकेन सभाहल (भिडियो रिपोर्टसहित)

२०७९ भदौ १० गते १८:२२
बागमती सरकारले अझै बनाउन सकेन सभाहल (भिडियो रिपोर्टसहित)

१९ भदौ २०७९ हेटौंडा । प्रदेशको स्थायी राजधानी र नामकरणका लागि तीन वर्ष लगाएको बागमती प्रदेश सरकारले बैठक बस्ने सभाहल अझै बनाउन सकेको छैन । प्रदेश सरकारले भवन बनाउने आश नागरिकले मारिसकेका छन ।

२०७६ साल पुसमा स्थायी राजधानी हेटौंडा तोकिएपछि प्रदेश सरकारलाई चाहिने भौतिक संरचना बनाउन थालियो । प्रदेश सरकार गठन भएको ५ वर्ष बित्यो, अर्को निर्वाचनको मितिसमेत तय भइसकेको छ । बागमती प्रदेश सरकारले प्रदेशसभा भवनसमेत बनाउन सकेको छैन ।

प्रदेशका मन्त्रालयहरु पनि भाडाका घरमा चलिरहेका छन । एउटै भवनमा झ्यालै पिच्छे मन्त्रालय राखिएको छ । प्रदेश सभा बैठक बस्नको लागि प्रदेशसभा हलसम्म बनाउन नसक्ने बागमती प्रदेश सरकारले आफ्ना लागि केहि गर्न सक्दैन भन्दै नागरिक निराश हुन थालेका छन् ।

२०७७ सालमा ४ करोड ९४ लाख ९ हजार ९ रुपैयाँमा अर्घाखाची(सगुन(पारामौउत जोइन्ट भेन्चरले दुई वर्षमा सम्पन्न गर्ने गरी निर्माणको ठेक्का पाएको थियो । अहिले करिव ८० प्रतिशत काम सकिएको छ । तर, निर्माणको गति निकै सुस्त छ ।

सत्ता र शक्तिको जोडघटाउमा मग्न बागमती प्रदेशले तीन वटा मुख्यमन्त्री पायो । भागबण्डामा धेरै नेता मन्त्री भए, धेरै कार्यकर्ताले नियुक्ति पाए । राज्यको श्रोत दोहन भयो । तर, प्रदेश सभाको कामकारबाहीबाट नागरिक सन्तुष्ट छैनन । नागरिकले नेताको भाषणलाई झुटको खेती भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *