युक्रेन युद्ध लम्बिदै गर्दा सैनिक संख्या थप गर्ने रुसको निर्णय

२०७९ भदौ १० गते ८:०७
युक्रेन युद्ध लम्बिदै गर्दा सैनिक संख्या थप गर्ने रुसको निर्णय

१० भदौ २०७९ मस्को । युक्रेन युद्ध लम्बिँदैं जाँदा रुसले सुरक्षाकर्मीको संख्या थप्ने निर्णय गरेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सशस्त्र बलमा १ लाख ३७ हजार कर्मचारी थप्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । पुटिनको आदेशसँगै ठूलो नगद प्रोत्साहनका साथ देशभर नयाँ भर्ना अभियान चलाइँदैछ ।

नयाँ भर्नाका लागि स्वतन्त्रता र पैसाको आश्वासन दिएर कारागारहरूमा पनि गएको रिपोर्टहरू आएको बीबीसीले जनाएको छ । रुसमा हाल १० लाखभन्दा बढी सैन्य कर्मचारी र करिब ९ लाख नागरिक कर्मचारीको सीमा छ।

रुसले युक्रेनमा युद्ध शुरु गरेको छ महिनायता ७० देखि ८० हजार सैनिक मारिएको वा घाइते भएको पश्चिमा मुलुकहरुको अनुमान छ ।

युक्रेन यृुद्ध शुरु गर्दा छोटो, निर्णायक अभियान हुने रुसी विश्वास थियो । तर कडा युक्रेनी प्रतिरोधका कारण युद्ध लम्बिँदै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *