कर्णाली मन्त्रिपरिषद् : भ्रमण भत्तामै ६६ लाख स्वाहा ! (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ भदौ ७ गते १६:२४
कर्णाली मन्त्रिपरिषद् : भ्रमण भत्तामै ६६ लाख स्वाहा ! (भिडियो रिपोर्टसहित)

७ भदौ २०७९ कर्णाली । कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गत आर्थिक वर्षमा भ्रमण भत्तामा मात्र ६६ लाख रूपैयाँ खर्च गरेको छ ।

गत आर्थिक वर्ष २०७८–०७९ मा मुख्यमन्त्री र मन्त्रीहरूको भ्रमण भत्तामा मात्रै ६६ लाख पाँच हजार एक सय ८७ रूपैयाँ खर्च भएको हो । मुख्यमन्त्री र मन्त्रीहरू जिल्लाबाहिर जाँदा तथा योजना अनुगमन गर्दा भ्रमण भत्तावापतको सुविधा लिने गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रीहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा स्वदेश भ्रमण गर्दा मुख्यमन्त्रीले दैनिक तीन हजार र मन्त्रीले दैनिक दुई हजार पाँच सय भत्ता पाउने व्यवस्था छ ।

मन्त्रीहरू पटक–पटक जिल्लाबाहिर गइरहने हुँदा आन्तरिक भ्रमणमै ठूलो रकम खर्च हुने गरेको हो । मन्त्रालयसँगै मन्त्रीको संख्या बढेकाले सरकारको खर्च दिनप्रतिदिन बढ्दै गइरहेको हो ।

कर्णालीमा सुरुमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित ६ वटा मन्त्रालय रहेकोमा झन्डै डेढ वर्षयतादेखि सात वटा मन्त्रालय छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *