कैलालीमा रुघाखोकी र ज्वरोका बिरामी बढे, समयामा चिकित्सक नआउँदा समस्या (भिडियो रिपोर्टसहित)

२०७९ भदौ ४ गते २१:०२
कैलालीमा रुघाखोकी र ज्वरोका बिरामी बढे, समयामा चिकित्सक नआउँदा समस्या (भिडियो रिपोर्टसहित)

४ भदौ २०७९ कैलाली । कैलालीमा रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् । जिल्लाका स्वास्थ्य संस्थामा विगतका तुलनामा बिरामीको सङ्ख्या बढेको पाइएको छ ।

प्रदेशको एक मात्रै रेफरल अस्पताल सेती प्रादेशिक अस्पतालमा मात्रै अहिले दैनिक एक हजारभन्दा बढी बिरामी ओपिडीमा आउने गरेका छन् । अस्पतालमा दैनिक बिरामीको संख्या बढ्दै गएपनि समयमा चिकित्सकहरु नआउँदा टाढाटाढाबाट उपचारका लागि आएका बिरामी भने समस्यामा छन् ।

सुदूरपश्चिम प्रदेशकै रेफरल अस्पतालमा दैनिक मौसमी बिरामीको संख्या बढ्दै गएको छ । दैनिक एक हजारभन्दा बढी बिरामी ओपिडीमा आउने गरेका छन भने एक सय ५० भन्दा बढी बिरामी इमरजेन्सीमा भर्ना हुने गरेका छन् । अस्पतालमा आउने बिरामीमध्ये ज्वरो, रुघाखोकी र श्वासप्रश्वाससम्बन्धी समस्या भएका धेरै छन् । तर अस्पताल आउँने बिरामीले समयमै चिकित्सकको सेवा पाउँदैनन् ।

सेती प्रादेशिक अस्पतालमा मात्रै नभई अहिले कैलाली, कञ्चनपुरका ग्रामीण क्षेत्रका स्वास्थ्य संघसंस्थामा पनि बिरामीको संख्या बढेको छ । अस्पताल आउने बिरामीमा ज्वरो, झडापखाला, रुघाखोकी र श्वासप्रश्वाससम्बन्धी लगायताका समस्या बढी देखिने गरेको चिकित्सकहरुले बताएका छन् ।

प्रादेशिक अस्पतालमा आजभोलि बच्चादेखि वृद्धसम्म रुघाखोकी तथा भाइरल ज्वरोसँग मिल्दाजुल्दा लक्षण भएका र केही स्क्रब टाइफसका लक्षण भएका बिरामी आउने गरेको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

सरकारले तोकेको समयभन्दा तल माथि गर्ने छुट कसैलाई पनि छैन् तर सेती प्रादेशिक अस्पताला जहिले पनि समयमा चिकित्सक नहुँदा बिरामीले सास्ती खेप्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *