वडहर्वावासीका दुःख– आफ्नै बारीमा जान ५० रुपैयाँ भाडा (भिडियो रिपोर्टसहित)

२०७९ भदौ १ गते १८:५९
वडहर्वावासीका दुःख– आफ्नै बारीमा जान ५० रुपैयाँ भाडा (भिडियो रिपोर्टसहित)

१ भदौ २०७९ रौतहट । रौतहटको वडहर्वाका नागरिकलाई आफ्नै गाउँपालिका र वडा कार्यालय पुग्नै कठिन हुने गरेको छ । वडहर्वाबाट बागमती पारी जान पुल नै छैन । १२ वर्षदेखि निर्माण थालिएको पुल अहिले पनि अलपत्र अवस्थामा छ ।

दुर्गाभगवती गाउँपालिका वडानम्बर ५ मा पर्ने वडहर्वाका करिव ४ सय बढी घरधुरीका नागरिक जोखिम मोलेर काठको डुंगामा यात्रा गर्न बाध्य छन् ।

उनीहरुलाई आफ्नै गाउँपालिकाको कार्यालय र वडा कार्यालय पुग्न एक दिन लाग्छ । आफ्नै खेतसम्म पुग्न पनि लामो समय खर्चिनुपर्ने र बिरामी हुँदा उपचारका लागि आवतजावत गर्न कठिन हुने गरेको छ ।

वर्षायाममा बागमती नदीमा बाढी आउँदा स्थानीयको आवतजावत नै ठप्प हुन्छ । खेतवारीमा जान र दैनिक रुपमा हरेक कामका लागि डुङ्गा प्रयोग गर्नुपर्ने नागरिकले एकपटकका लागि ५० रुपैँया खर्चिनुपर्छ ।

रौतहटमा बागमती मात्र हैन भकुवा, झाझ, लालबकैया, चाँदी नदी लगायतका स्थानमा निर्मार्णाधीन पुल सम्झौताको समय सकिँदासम्म पनि निर्माण सम्पन्न भएका छैनन् ।

जसका कारण नागरिक समस्या भोग्न बाध्य छन् । बागमती पुलको भने निर्माणका लागि अढाई वर्ष बाँकी रहेको र कुनै बाधा नभए सो समयमा निर्माण सम्पन्न हुने हुलाकी राजमार्ग निर्देशनालयले दाबी गरेको छ ।

कुनै समय उर्भर भूमिले भरिपूर्ण वडहर्वा रौतहट जिल्लाको सदरमुकाम थियो । बागमती नदीमा आउने बाढीले दुःख दिएपछि ठूलो संख्यामा त्यहाँका बासिन्दा अन्यत्र बसाँइसराइँ गरेर गइसकेका छन् । दुःखसुख सो स्थानमा बागमतीसँग संघर्ष गर्दै बसिरहेका स्थानीय आवतजावतका लागि पुल नहुँदा कष्टकर जीवन बिताउन बाध्य छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *