सुदूरपश्चिमका पहाडी जिल्लामा ओल्के पर्वको रौनक (भिडियो रिपोर्टसहित)

२०७९ भदौ १ गते १८:४५
सुदूरपश्चिमका पहाडी जिल्लामा ओल्के पर्वको रौनक (भिडियो रिपोर्टसहित)

१ भदौ २०७९ डोटी । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा साउने झरी सकिएलगत्तै प्राकृतिक प्रकोपबाट बचेको खुसियालीमा ओल्के पर्व मनाइएको छ । साउनको अन्तिम र भदौको पहिलो दिन विशेष महत्त्वका साथ यो पर्व मनाउने गरिन्छ ।

सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी डोटी जिल्लामा ओल्के पर्व मनाउने गरिन्छ । डोटेली भाषामा ओलको अर्थ उपहार भन्ने बुझिन्छ। ओल्के पर्वमा गाउँगाउँका युवायुवती जम्मा भएर पिङ खेल्ने, डेउडा गाउने र साँझ बुढी पोल्ने चलन छ । भगवान श्रीकृष्णले राक्षसी प्रवृतिकी पुतनालाई मारेपछि उनका साथी ग्वालाले पुतनाको शव दहन गरेको किंवदन्ती छ ।

परापूर्वकालमा राजा महाराजालाई प्रजाहरुले आफ्नो घरमा फलेका फलफूल, तरकारी तथा मिष्ठान्न दिई सम्मान गर्ने चलन रहेको र समयअनुसार यो चलन परिमार्जित हुँदै आएको स्थानीय अग्रजहरु बताउँछन् ।

ओल्के पर्वमा पिङ खेल्ने विषय पनि महत्वका साथ जोडिएको छ । साउन महिनाको अन्तिम साँझ ओल्के पिङ बाट्ने र अग्लो रुखको हाङ्गामा पिङ हालिन्छ । यसरी तयार पारेको पिङमा भदौ संक्रान्तिमा एक पटक भएपनि खुटटा राख्दा धरती माताको बोझ कम हुने जनविश्वास छ।

धार्मिक तथा सामाजिक महत्त्व झल्काउने ओल्के पर्व सुदूरपश्चिमका नौ जिल्लासहित भारतको उत्तराखण्डको कुमाउ गढवाल क्षेत्रमा समेत मनाउने गरिन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *