स्याङ्जामा ह्वात्तै बढे ज्वरोका बिरामी (भिडियो रिपोर्टसहित)
२०७९ भदौ १ गते १६:२४

१ भदौ २०७९ स्याङ्जा । स्याङजा अस्पतालमा ज्वरोका बिरामीको चाप बढ्न थालेको छ ।
दैनिक आउने बिरामीमध्ये आधाजसो ज्वरोको समस्या लिएर आउने गरेको चिकित्सकले बताएका छन् ।
अघिल्लो वर्षको तुलनामा ६० प्रतिशतले ज्वरोका बिरामी बढेका हुन् । ज्वरोसँगै कोभिडका बिरामी पनि बढेका छन् ।
जिल्ला अस्पतालमा बिरामीको चाप अत्यधिक बढ्न थालेपछि १० बजे खुल्ने टिकट ९ बजे सारिएको छ ।
प्रतिक्रिया