प्रचारप्रसार नहुँदा ओझेलमा रेसुङ्गा क्षेत्र (भिडियो रिपोर्टसहित)

२०७९ साउन ३० गते १७:३८
प्रचारप्रसार नहुँदा ओझेलमा रेसुङ्गा क्षेत्र (भिडियो रिपोर्टसहित)

३० साउन २०७९ गुल्मी । नेपालकै चार धाम मध्येको एक रेसुङ्गा क्षेत्र ऐतिहासिक दृष्टिकोणले पनि महत्वपूर्ण स्थान हो । पर्यटकीय सम्भावना भएर पनि प्रचारप्रसार नहुँदा यो क्षेत्र ओझेलमा परेको छ ।

प्राचीन युगमा धेरै ऋषि महर्षीले तपस्या गरेको जनविश्वास रहेको रेसुङ्गा क्षेत्र धार्मिक, ऐतिहासिक र पर्यटकीय हिसावले महत्वपूर्ण मानिन्छ । गुल्मी जिल्लाको सदरमुकाम तम्घास बजार नजिकै रहेको रेसुङ्गा क्षेत्रमा साउनभर एक महिनासम्म मेलासँगै पूजाआजा हुने गर्दछ ।

पर्यटक आउने अपेक्षा स्वरुप स्थानीय सरकारले रेसुङ्गामा सडकको स्तरोन्नति, आकर्षक सिँडी र अन्य भौतिक संरचना निर्माण गरेको छ । गुल्मी, अर्घाखाँची, पाल्पा, बागलुङ, प्युठान, रुपन्देहीलगायतका स्थानबाट तीर्थयात्री दर्शनका लागि आउने गर्दछन् ।

तर, आन्तरिक पर्यटनको प्रवर्द्धन गर्नका लागि विभिन्न संरचना तयार गर्दा पनि अपेक्षा अनुरुप तीर्थयात्री तथा पर्यटक पुग्ने गरेका छैनन् । रेसुङ्गामा पर्यटक भित्राउन अतिथि गृह निर्माण तथा प्रचार प्रसार गर्ने योजना तयार पारिएको र त्यसको कार्यान्वयनपछि पर्यटक आउने रेसुङ्गा संरक्षण समितिको अपेक्षा छ ।

पर्यटकको आकर्षण बढाउन ठाउँ सुहाउँदो संरचनागत विकास गर्ने गरी स्थानीय सरकार पनि योजना बनाइरहेको छ ।

धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्व बोकेको रेसुङ्गा क्षेत्रको गुरुयोजना कार्यान्वयन पछि आन्तरिक तथा बाह्य पर्यटक बढ्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *