रुपन्देहीमा गोली चल्यो, एक युवक घाइते
२०७९ साउन ३० गते १३:४६

३० साउन २०७९ रुपन्देही । रुपन्देहीको ओमसतियामा एक युवकमाथि गोली प्रहार भएको छ ।
अज्ञात समूहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहियाका अन्दाजी २५ वर्षीय विकास गुरुङ घाइते हुनुभएको छ ।
नम्बर नखुलेको पल्सर मोटरसाइकलमा सवार तीन जनाको समूहले मोटरसाइकलमै सवार गुरुङमाथि ओमसतिया वडा नम्बर ४ बसन्तपुरमा गएराति एक राउण्ड गोली हानेको प्रहरीले जनाएको छ ।
घाइते गुरुङको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।
घटना अघि रोहिणी गाउँपालिका वडा नम्बर १ बाइपासस्थित सिद्धार्थ कटेजमा अज्ञात समूहले पेस्तोल देखाएर २ तोला सुन र केही नगद लुटेको थियो । प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको जनाएको छ ।
प्रतिक्रिया