जीप दुर्घटनामा एकै परिवारका दुई बालिकाको मृत्यु
२०७९ साउन २९ गते २०:४०

२९ साउन २०७९ प्युठान । प्युठानमा जीप दुर्घटना हुँदा एकैपरिवारका २ जना बालिकाको मृत्यु भएको छ ।
प्युठान नगरपालिका–८ बाग्दुलाबाट नौबहिनी गाउँपालिका(५ डाम्री जाँदै गरेको लु १ ज १५४५ नम्बरको सवारी जीप दुर्घटनामा परेको हो ।
नौबहिनी गाउँपालिका–६ बाहाने बजार नजिक खहरे खोला भिरमा डामृ जाँदै गरेको जीप दुर्घटना परी एकै घरका ४ वर्षीय करुणा बुढा मगर र उनकी २५ दिनको दुधे बालिकाको मृत्यु भएको छ ।
४ जना गम्भीर घाइतेलाई जिल्ला बाहिर रिफर गर्ने तयारी भैरहेकोे छ । अन्य घाइतेहरुको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचार भैरहेको छ । गाडीमा १३ जना यात्रु सवार भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया