राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक प्रभाकर आज नेपाल आउँदै

हिमालय टिभी
२०७९ साउन २८ गते ९:२९
राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक प्रभाकर आज नेपाल आउँदै

२८ साउन २०७९ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर आज नेपाल आउने हुनुभएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले मुख्य प्रशिक्षक प्रभाकर आज साँझ ६ : १० बजे नेपाल आइपुग्नु हुनेछ । पुबुदु दासानायकेले करिब २ महिना अघि राजीनामा दिएपछि क्यानले प्रभाकरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरिएको जनाएको छ । नेपालको मुख्य प्रशिक्षकका रुपमा प्रभाकरको पहिलो प्रतियोगिता केन्याविरुद्धको रहनेछ । नेपाली टोली भदौ पहिलो साता केन्या भ्रमणका लागि निस्कने छ ।

केन्यामा रहँदा नेपालले ५ खेलको टी–ट्वान्टी सिरिज खेल्नेछ । नेपालको ३ खेलको ५० ओभरको सिरिज पनि रहेको छ ।

भारतका पूर्व अलराउण्डर प्रभाकर रणजी ट्रफी विजेता प्रशिक्षक हुन् । प्रभाकरले भारतका लागि ३९ टेस्ट र १ सय ३० एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *