संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश हुने

हिमालय टिभी
२०७९ साउन २४ गते ७:४०
संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश हुने

२४ साउन २०७९ काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभामा जनसंख्याका आधारमा समावेशी तरिकाबाट महिला र पुरुषलाई समान अधिकारसहित उम्मेदवारी दिलाउन जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश हुने भएको छ ।

आज बस्ने प्रतिनिधिसभा बैठकमा सांसद अमृता थापामगरले उक्त प्रस्ताव पेश गर्न लाग्नुभएको हो । ११ जना महिला सांसदको समर्थनमा प्रस्ताव पेश हुन लागेको हो । नेपालको संविधानले सम्बोधन गरेको समानुपातिक समावेशी सहभागिताको विषय सुनिश्चित गर्नका लागि उक्त प्रस्ताव पेश गर्न लागिएको सांसद थापाले जानकारी दिनुभयो ।

संघीय संसद र प्रदेश सभा निर्वाचनमा पहिलो हुने र समानुपातिक निर्वाचन प्रणालीमा महिला र पुरुषको समान संख्यामा प्रतिनिधित्व गराउन निर्वाचन आयोगबाट निर्वाचनसम्बन्धी कानून संशोधनको एकीकृत मस्यौदा तयारीका लागि विभिन्न क्षेत्रबाट सुझाव संकलन भइरहेको छ ।

आजको बैठकमा सांसद विन्दा पाण्डेले महिलाको समानुपातिक सहभागिता गराउन आवश्यक भएकोले जरुरी सार्वजनिक महत्वबारे कानून मन्त्रीको ध्यानाकर्षण गराउने कार्यसूची छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *