बाघखोरका ७० घरपरिवारमा १२ वर्षदेखि पिउने पानी अभाव झेल्दै (भिडियो रिपोर्टसहित)

२०७९ साउन २१ गते १८:१९
बाघखोरका ७० घरपरिवारमा १२ वर्षदेखि पिउने पानी अभाव झेल्दै (भिडियो रिपोर्टसहित)

२१ साउन २०७९ सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १२ बाघखोर टोल प्रदेश मुख्यमन्त्री कार्यालयबाट डेढ किलोमिटर मात्र टाढा छ । तर बाघखोरका ७० घरपरिवारले १२ वर्षदेखि खानेपानीको अभाव झेल्दै आएका छन् । अधिकांश सुकुम्बासी रहेको टोलमा सुर्खेत उपत्यका खानेपानीले धारा वितरण गर्न सकेको छैन ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १२ बाघखोरकी ज्ञानु शाहीलाई बिहान र साँझ पानीको जोहो कसरी गर्ने भन्ने चिन्ताले सताउँछ । घर नजिक पानीको स्रोत नहुँदा शाहीलाई दैनिक १ घण्टा पानीका लागि खर्चनुपर्छ ।

ज्ञानुलाई जस्तै बाघखोरका ७० घरपरिवार पानीको समस्या भोग्न बाध्य छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले बाघखोरलाई अपमान गरेको र खानेपानी व्यवस्था गरिदिन विभिन्न सरोकारवाला निकाय धाउँदा पनि समाधान नभएको स्थानीयको गुनासो छ ।

सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था भने खानेपानी वितरणका लागि प्रदेश र स्थानीय सरकारबीचको समन्वय आवश्यक रहेको बताउँछ ।

वीरेन्द्रनगरका करिव ३६ हजार घरपरिवार मध्ये २० हजार परिवारले मात्र सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले खानेपानीका धारा वितरण गरेको छ । हालको जनसङ्ख्याका लागि प्रतिसेकेन्ड ३ सय २० लिटर पानी आवश्यक भए पनिप्रति सेकेन्ड १ सय ५३ लिटर मात्र आपूर्ति भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *