लुम्बिनीमा एक वर्षमा २ सय २ किलोमिटर सडक कालोपत्रे (भिडियो रिपोर्टसहित)
२०७९ साउन २१ गते १८:१३
२१ साउन २०७९ रुपन्देही । लुम्बिनी प्रदेश सरकारले गत वर्ष २ सय २ किलोमिटर सडक कालोपत्रे गरेको छ । २७५ किलोमिटर सडक ग्राभेल गरेको छ ।
बुटवलमा पत्रकार सम्मेलन गरी प्रदेश योजना आयोगले आर्थिक वर्ष २०७८–०७९ मा प्रदेश सरकारले ४० वटा पक्की पुल र ११ वटा झोलुङ्गे पुल निर्माण गरेको जनाएको छ । नयाँ सडकको १ सय २१ किलोमिटर ट्रयाक खोलिएको छ ।
गौरवको आयोजनाको रूपमा रहेको पूर्वी पाल्पाको रामपुरदेखि रोल्पाको जिनबाङ सडकको काम ८० प्रतिशत सम्पन्न भएको र लुम्बिनी प्रदेश बैंक सञ्चालनका लागि प्रक्रिया अगाडी बढेको आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले बताउनुभयो ।
बजेट ढिला आए पनि प्रदेश सरकारले आर्थिक वर्ष २०७८–०७९ मा ७० दशमलब ७७ प्रतिशत बजेट खर्च गरेको छ ।
प्रतिक्रिया