सत्ता गठबन्धनको बैठक आज बस्दै
२०७९ साउन २० गते ८:५४

२० साउन २०७९ काठमाडौं । आगामी मङ्सिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि सिट बाँडफाँडका विषयमा छलफल गर्न सरकारमा रहेका दलहरूको बैठक आज बस्दैछ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ९ बजेपछि बैठक बस्ने तय भएको एकीकृत समाजवादी पार्टीका नेता जगन्नाथ खतिवडाले जानकारी दिनभयो ।
उहाँका अनुसार निर्वाचनमा के कसरी जाने भन्ने बारेमा शीर्ष नेताहरूले आआफ्नो धारणा राखेपछि सिट बाँडफाँडका बारेमा पनि बैठकमा कुराकानी हुनेछ ।
सरकारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आगामी मङ्सिर ४ गते एकै चरणमा गर्ने निर्णय हिजो गरेको थियो ।
प्रतिक्रिया