Main News
पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल घुस लिँदालिँदै पक्राउ
२०७९ साउन १७ गते १९:११

१७ साउन २०७९ काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उपसचिव नेपाललाई नक्सालको एक होटलबाट ६ लाख रुपैयाँ घुस लिंदै गरेको अवस्थामा पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धानका लागि अख्तियारले हिरासतमा राखेको छ । उनीविरुद्ध पर्यटन व्यवसाय दर्ताका लागि घुस मागेको आरोप छ ।
प्रतिक्रिया