कैलालीमा बढे सम्बन्ध विच्छेदका घटना, यस्ता छन् कारण (भिडियो रिपोर्टसहित)

२०७९ साउन १६ गते २०:३९
कैलालीमा बढे सम्बन्ध विच्छेदका घटना, यस्ता छन् कारण (भिडियो रिपोर्टसहित)

१६ साउन २०७९ कैलाली । कैलालीमा सम्बन्ध विच्छेदका घटना बढेका छन् । आर्थिक वर्ष २०७८–७९ को तथ्याङ्क हेर्दा सम्बन्ध विच्छेदका घटना अन्य वर्षको तुलनामा बढेको देखिएको हो ।

अहिले कैलाली जिल्ला अदालतमा सम्बन्ध विच्छेदसम्बन्धी मुद्दाको चाङ छ । जिल्ला अदालत कैलालीका अनुसार आर्थिक बर्ष २०७६–७७ मा २ सय ४ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए, ती मध्ये १ सय ३ मुछा फछ्र्यौट भैसकेका छन् ।

२०७७–७८ मा २ सय ५ मुद्दा दर्ता भएकोमा १ सय ३० वटा फछ्र्यौट भएका छन् । २०७८–७९ मा भने सम्बन्ध विच्छेदसम्बन्धी मुद्दाको संख्या ह्वात्तै बढेको छ । यो आर्थिक वर्ष ६ सय १० सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् त्यसमध्ये ३ सय ९५ वटा फछ्र्यौट गरिएको जिल्ला अदालत कैलालका श्रेस्तेदार राइभान कुन्जेडाले जानकारी दिनुभयो ।

सम्बन्ध विच्छेदको अधिकांश घटनाका कारण विवाह इतर सम्बन्ध, मादक पदार्थ सेवन गरी हुने झैँझगडा लगायत छन् । घरेलु हिंसा पनि सम्बन्ध विच्छेदको प्रमुख कारण रहेको छ ।

ठूला–ठूला विषयमा मात्र होइन, सामान्य वादविवाद हुँदासमेत सम्बन्ध विच्छेद गर्ने बढेका छन् ।

कैलाली जिल्लामा मात्रै नभई देशभर अहिले सम्बन्ध विच्छेद गर्ने क्रम निकै बढेको छ । घर मिलाउन सके मात्रै समाज र देश मिल्छ भन्ने कुरालाई आत्मसात गर्दै आफ्नो सम्बन्धसँगै परिवारको भविष्य सुनिश्चित गर्नका लागि सबैको भूमिका महत्वपूर्ण हुन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *