बाजुराको गुइवन बस्ती विगत २३ वर्षदेखि पहिरोको उच्च जोखिममा (भिडियो रिपोर्टसहित)

२०७९ साउन १५ गते १६:०५
बाजुराको गुइवन बस्ती विगत २३ वर्षदेखि पहिरोको उच्च जोखिममा (भिडियो रिपोर्टसहित)

१५ साउन २०७९ बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ४ गुइवन बस्ती विगत २३ वर्षदेखि पहिरोको उच्च जोखिममा छ । हरेक वर्ष जमिन कटान हुँदै जाँदा जोखिम बढ्दै गएको हो ।

खप्तड छेडेदह गाउँपालिका– ४ गुइवनका बाढी पीडित खिरीदेवी धामीको दुखेसो छ । हरेक वर्ष बग्ने पहिरोले त्रासमा बस्न बाध्य छन्, यहाँका स्थानीय । पानी पर्न थालेपछि स्थानीयको चिन्ता दोब्बर हुन्छ ।

विक्रम संवत २०३६ सालबाट पहिरो बग्न शुरु भएको गुइवनमा ७५ घरधुरी पहिरोको उच्च जोखिममा छ । पहिरोले कतिपयको घर र जग्गा बगायो भने कतिलाई विस्थापित गर्‍यो । यो वर्ष पनि पहिरो बग्न थालेपछि स्थानीयले बस्ती स्थानान्तरणको माग गर्न थालेका छन् । तर, सुनुवाइ भएको छैन ।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार गुइवन बस्ती मात्र हैन, जिल्लाका १ सय १६ गाउँ पहिरोको जोखिममा छ । हरेक वर्ष बाढी र पहिरोका कारण मानवीय तथा भौतिक क्षति हुने गरे पनि नियन्त्रणमा सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *