साइकल लेन झनै समस्या, निर्धक्कसँग यसरी सवारी पार्किङ (भिडियो रिपोर्टसहित)

२०७९ साउन १४ गते १८:३५
साइकल लेन झनै समस्या, निर्धक्कसँग यसरी सवारी पार्किङ (भिडियो रिपोर्टसहित)

१४ साउन २०७९ हेटौंडा । स्थानीय सरकारले काम देखाउन विना अध्ययन साँघुरा सडकमा साइकल लेन बनाए पनि कार्यान्वयनमा ध्यान नदिंदा झनै समस्या बढेको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा साइकल लेनमा निर्धक्क सवारी पार्किङ हुँदा पनि स्थानीय सरकार मौन छ ।

झट्ट हेर्दा पार्किङ जस्तो देखिने यो दृश्य हेटौंडाको मुख्य चोकको साइकल लेन हो । यसै त साँघुरो सडक त्यसमाथि ३ पाङ्ग्रे सवारीको बढ्दो चापबीच उपमहानगरपालिकाले सडकमा साइकल लेन बनाएको छ । तर यो लेन साइकल चलाउनभन्दा बढी पार्किङका लागि प्रयोग भएको छ । एसियन हाइवे अन्तर्गतको यो सडक २५–२५ मीटर दायाँबायाँ विस्तार हुनुपर्ने हो ।

तर राजनैतिक दबाब र अदालतमा अड्किएको मुद्दाका कारण सडक विस्तारको हुन सकेको छैन । यही साँघुरो सडकमा उपमहानगरपालिकाले साइकल लेन बनाए पनि व्ययवस्थापनमा ध्यान नदिँदा यो लेन पार्किङ बनेको छ ।

पार्किङ क्षेत्र व्यवस्थित नहुँदा चालकहरु सडक किनारामा सवारी पार्किङ गर्न बाध्य छन् । पार्किङका लागि कुनै वैकल्पिक उपाय खोज्न नसकेको उपमहानगरले साइकल लेनका नाममा अर्थहीन ठाउँमा बजेट खेर फाल्दा यसको कुनै उपलब्धि देखिन सकेको छैन ।

सडकमा विभागले नै औचित्यको आधारमा साइकल लेन निर्माण गर्नुनर्ने हो तर विभागबाट अनुमति नै नलिई लेन निर्माण गरिएको छ । तर महानगर भने साइकललाई लेनमा हिँडाउने बानीको विकास गराउनका लागि रेखांकन गरिएको जवाफ दिएर पन्छिन थालेको छ ।

पूर्वमेयर हरिबहादुर महतकै पालामा पार्किङको समस्या समाधानलाई उपमहानगरले प्राथमिकता दिन खोजेपनि दीर्घकालिन योजना नबनी उहाँको कार्यकाल सकियो । उपमहानगरको वर्तमान नेतृत्व पनि हचुवाको भरमा बजेट सक्ने बाटोमा देखिंदा सडक व्यवस्थापन भन्दा पनि सरकारी रकम बालुवामा पानी हाले सरह भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *