बाघ र मानिसबीचको द्वन्द्व बढ्दै (भिडियो रिपोर्टसहित)

२०७९ साउन १३ गते २०:३४
बाघ र मानिसबीचको द्वन्द्व बढ्दै (भिडियो रिपोर्टसहित)

१३ साउन २०७९ बाँकें । बाँके र बर्दिया राष्ट्रिय निकुन्जमा बाघको संख्या बढेसँगै बाघको आक्रमणबाट हुने मानवीय क्षतिका घटना पनि बढेका छन् । निकुञ्ज क्षेत्र वरपर मानव वस्तीसमेत बाक्लिँदै गएकाले बाघ र मानिसबीचको द्वन्द्व अझै बढ्दै जाने देखिएको छ ।

पछिल्ला ४ वर्ष बाँके राष्ट्रिय निकुन्जमा बाघको संख्या बढेर २१ बाट २५ पुगेको छ । बाघको आक्रमणबाट यो अवधिमा ८ जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । बर्दिया राष्ट्रिय निकुन्जमा ८७ बाट बढेर बाघको संख्या १ सय २५ पुगेको छ । निकुञ्जमा पछिल्ला ३ वर्षमा बाघको आक्रमणबाट २३ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

संख्या बढेसँगै बाघ निकुन्जबाट मध्यवर्ती क्षेत्र, सामुदायिक वन र राष्ट्रिय वनमा पस्न थालेको छ । जसका कारण वन पैदाबार संकलन गर्न, सागपात टिप्न र माछा मार्न जानेहरु आक्रमणको शिकार बन्ने गरेका छन् । बाघको संख्या बढेर सरकार खुसी हुँदै गर्दा निकुञ्ज वरपर बस्ने नागरिक भने त्रासमा बाँच्न बाध्य बनेका छन् । बाघको आक्रमणबाट घाइते भएका र आफन्तजन नै गुमाएकाहरुको पीडा त अझ बयान गरिनसक्नुको छ ।

सरकारको ध्यान बाघको संख्या बढाउनेतर्फ मात्र नभई जनता जोगाउनेतर्फ पनि केन्द्रित हुनुपर्ने माग प्रभावित क्षेत्रका जनप्रतिनिधिको छ ।

आफ्नो दैनिकीका लागि जंगलमै आश्रित धेरै परिवार र समुदाय छन् । उनीको सुरक्षाका विषयमा सोच्न नसक्ने हो भने बाघ संरक्षण गरेर खुसी हुनु पक्कै सान्दर्भिक नहोला । बाघ र स्थानीयको दूरी सन्तुलन कायम गर्नसमेत सरकारले ध्यान दिनु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *