डिस मिडिया नेटवर्कले शुरु गर्‍यो आइपी टेलिभिजन सेवा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन ११ गते १८:०१
डिस मिडिया नेटवर्कले शुरु गर्‍यो आइपी टेलिभिजन सेवा (भिडियो रिपोर्टसहित)

११ साउन २०७९ काठमाडौं । इन्टरनेट सेवालाई द्रूतगतिमा विस्तार गरिरहेको डिस मिडिया नेटवर्कले आइपी टेलिभिजन सेवा पनि शुरु गरेको छ ।

टेलिभिजन च्यानलहरु वितरण गर्दै आएको डिसहोमले अब केवल टेलिभिजन, इन्टरनेट, टेरिस्टेरियल टिभी र आईपी टिभीमा समेत आफ्नो सेवा विस्तार गरेको छ ।

डिसहोम आईपी टिभीको नाममा यो सेवाको सुरुवात भएको जनाउँदै ग्राहकहरुलाई अन्य सेवाप्रदायकको भन्दा गुणस्तरीय र उत्कृष्ट सेवा दिने कम्पनीको विश्वास छ ।

डि.टी.एच सेवा प्रदायक डिस मिडिया नेटवर्क विगत १२ वर्षदेखि पे टिभी इन्डस्ट्रीमा आफ्नो बेग्लै पहिचान बनाउन सफल रहेको छ ।

२०६७ सालमा होम टिभीको नाममा आफ्नो सेवा प्रारम्भ गरेकोमा पछि डिस नेपालसँग मर्जर भएर डिसहोम नाममा आफ्नो सेवा संचालनमा ल्याएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *