राजनीति
सत्ता गठबन्धन राष्ट्रियता कमजोर पार्न तल्लिन रहेको अध्यक्ष ओलीको आरोप (भिडियो रिपोर्टसहित)
२०७९ साउन ११ गते १७:५२

११ साउन २०७९ झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धन राष्ट्रियता कमजोर पार्न लागि परेको आरोप लगाउनुभएको छ ।
झापाको विर्तामोडमा आज आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले अमेरिकी सहयोग एमसीसी र एसपीपी सम्बन्धमा सम्बन्धित पक्षलाई पत्रचार नगरेर गुमराहमा राखेको आरोप लगाउनुभयो ।
उहाँले आफ्नो नेतृत्वमा ल्याएको नागरिकता विधेयक ३ वर्षसम्म रोकेर अहिले जस लिन तराई दौडाहा गर्नुलाई अर्थपूर्णरुपमा हेर्नुपर्ने बताउनुभयो । उहाँले राष्ट्रियता मजबुद पार्न पनि वर्तमान सत्ता गठबन्धनलाई पररास्त गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई धमिराको संज्ञा दिंदै राष्ट्रियताको पक्षमा काम नगरेको र एमाले सिद्धाउने खेलमा लागेको आरोप पनि लगाउनुभयो ।
प्रतिक्रिया