तीन दशकपछि कात्रोपत्रेको तरखर (भिडियो रिपोर्टसहित)

८ साउन २०७९ सुर्खेत । सडकको ट्रयाक खोलिएको करिव ३० वर्षपछि पश्चिम सुर्खेतको बड्डीचौर–विद्यापुर–वेनीघाट सडक कालोपत्रेको काम शुरु गरिएको छ ।
सडकको स्तरोन्नति हुने भए पछि हिउँदमा धुलो तथा वर्षातमा हिलोको समस्या भोग्दै आएका नागरिक खुसी भएका छन् ।
विक्रम संवत २०५१ सालमा ट्रयाक खुलेको यो सडक कालोपत्रे हुने भएसँगै स्थानीय खुसी भएका छन् । ४२ करोड ४७ लाख ६१ हजारमा अनक जयदेवी जेभी बाँकेसँग भएको सम्झौता अनुसार यो सडक २०८१ साल असार २४ गतेसम्म कालोपत्रे हुनेछ । स्थानीयले समयमा नै काम सम्पन्न हुनुपर्नेमा जोड दिएका छन ।
निर्माण कम्पनी सम्झौता अनुरुप समयमा नै निर्माण कार्य सम्पन्न गर्न प्रतिवद्ध भएर लाग्नुपर्ने स्थानीय बताउँछन् । स्थानीय सरकार पनि आएका समस्या समाधान गर्न, निर्माणका क्रममा निरन्तर अनुगमन गर्ने बताउँछ ।
तामझमका साथ शिलान्यास गरे पनि लामो समयसम्म स्तरोन्नतिको काम अगाडि बढ्न सकेको थिएन । लामो समयदेखि कालोपत्रेको माग गरिरहेका नागरिकको चाहना अनुरुप प्रदेशबाट बजेट विनियोजन गरेर कामको सुरुवात गरिएको हो ।
पहिलो चरणमा बड्डीचौर–खम्बगाडे सडक कालोपत्रे हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया