थारु समुदायमा बढ्दो सिकलसेलको प्रकोप, नियन्त्रणका लागि यस्तो तयारी (भिडियो रिपोर्टसहित)

२०७९ साउन ८ गते १८:०२
थारु समुदायमा बढ्दो सिकलसेलको प्रकोप, नियन्त्रणका लागि यस्तो तयारी (भिडियो रिपोर्टसहित)

८ साउन २०७९ बुटवल । लुम्बिनी प्रदेशका १२ प्रतिशत थारु जातिमा सिकलसेलको संक्रमण भएको लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । समुदायस्तरमा फैलँदै जाने सम्भावनालाई मध्यनजर गर्दै मन्त्रालयले नियन्त्रणको पहल थालेको छ।

रुपन्देही सैनामैनाका हरिनारायण चौधरी ५१ वर्षको हुनुभयो । स्वास्थ्य कार्यालय रुपन्देहीले समुदायस्तरमा गरेको नमूना संकलनमा चौधरी पनि सहभागी हुनुभयो। चौधरीले सिकलसेल रोगको पहिचान र निदान हुन नसक्दा थारु समुदायमा सिकलसेल भुसको आगो झैँ फैलिएको बताउँदै अब भने सिकलसेलको निवारण हुने आशा व्यक्त गर्नुभयो ।

स्वाथ्य कार्यालय रुपन्देहीले सैनामैनामा १४७ जनाको नमुना संकलन गरेकोमा २० जनामा सिकलसेल र थालसीयीया देखिएको थियो । ति मध्ये अधिकाशं लक्षण नदेखिने तर रोग सार्नसक्ने क्षमताको रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । सिकलसेल रोगको बारेमा थारु सामुदायलाई राम्रो जानकारी नहुँदा समस्या थपिनसक्ने कार्यालयको भनाइ छ ।

रोगको निवारण र उपचारका लागि प्रदेश सरकाले यो आर्थिक वर्षमा ३ करोड बजेट विनियोजन गरेको छ । विवाह पूर्व नै रगतको कुण्डली मिलाउन जनचेतना फैलाएर रोगको निवारण गर्ने रणनीतिमा प्रदेश सरकार छ ।

सिकलसेल रोगको प्रादेशिक अस्पताल बुटवल र भीम अस्पताल भैरहवामा निःशुल्क उपचार हुँदै आएको छ । समुदायस्तरमा फैलिएको रोगको निवारण र उपचारको लागि तीनै सरकार गम्भीर हुनुपर्ने देखिन्छ । सिकलसेल थारु जातीमा जन्मजात लाग्ने रोगका रुपमा लिइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *