Main News

ज्येष्ठ नागरिकप्रति सन्तानको दायित्व बाध्यकारी हुने कानून पारित

हिमालय टिभी
२०७९ साउन ४ गते १७:३२
ज्येष्ठ नागरिकप्रति सन्तानको दायित्व बाध्यकारी हुने कानून पारित

४ साउन २०७९ काठमाडौं । संघीय संसदले ज्येष्ठ नागरिकप्रति सन्तानको दायित्व बाध्यकारी हुने गरी कानुन बनाएको छ ।

राष्ट्रिय सभाबाट पारित ‘ज्येष्ठ नागरिक सम्बन्धी पहिलो संशोधन विधेयकलाई आज प्रतिनिधिसभाले पनि सर्वसम्मत रुपमा पारित गरेको हो ।

वृद्धवृद्धाले जीवनयापनमा समस्या आए सम्बन्धित स्थानीय तहमा उजुरी गर्न सक्ने, उजुरीका आधारमा स्थानीय तहले हकवालाको हैसियतअनुसार रकम असुल गरी ज्येष्ठ नागरिकलाई दिनुपर्ने गरी कानुन निर्माण भएको छ ।

हकवालाको आम्दानीले ज्येष्ठ नागरिकको जीवन निर्वाह गर्न कठिन भए सम्बन्धित स्थानीय तहले पालनपोषण गर्नुपर्ने कानुनी व्यवस्था छ । ज्येष्ठ नागरिकको पालनपोषण नगर्ने छोराछोरी वा नजिकका नातेदारको सम्पत्ति स्थानीय तहको स्वामित्वमा ल्याउन सक्नेछ ।

स्थानीय तहले सन्तानको सम्पत्ति आफ्नो स्वामित्वमा लिएर समेत जेष्ठ नागरिकको पालनपोषण गर्नेछ । सन्तानको सम्पत्ति र आम्दानीले पालनपोषण गर्न नसक्ने भए त्यस्ता ज्येष्ठ नागरिकको पालनपोषणको जिम्मा स्थानीय सरकारको हुने कानुनी व्यवस्था गरिएको छ ।

हकवालाले पालनपोषण नगरेर अलपत्र परेका ज्येष्ठ नागरिकलाई हेरचाह केन्द्रमा राखी पालनपोषण तथा हेरचाह गर्ने व्यवस्था स्थानीय तहले मिलाउनुपर्नेछ । पारित विधेयकमा आम्दानी गर्ने छोराछोरीले ज्येष्ठ नागरिक बाबुआमाको नाममा रकम जम्मा गर्नुपर्ने व्यवस्था छ ।

महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले विधेयक पारित भएसँगै बाबुआमाको सम्पत्तिमा दावी गर्ने तर उनीहरुको हेरचाहमा ध्यान नदिने प्रवृत्ति निरुत्साहित हुने बताउनुभयो ।

प्रतिक्रिया

3 thoughts on “ज्येष्ठ नागरिकप्रति सन्तानको दायित्व बाध्यकारी हुने कानून पारित

  1. Good ….

    Jyeshtha nagrik bhatta…bargikaran gari ..nimna barg,madhyam barg tatha uchcha barga ….madhye nimna ra madhyam pahichan gari…bhatta dine byabashtha milaunu paryo….

  2. राम्राे । यथाशीघ्र कार्यान्वयन हुनुपर्नेमा सहमति छ ।

  3. राम्राे । यथाशीघ्र कार्यान्वयन हुनुपर्नेमा सहमति छ ।

Leave a Reply to जगतराम थारू Cancel reply

Your email address will not be published. Required fields are marked *