राजनीति
गठबन्धनको गीत गाउँदा स्थानीय निर्वाचनमा पार्टी कमजोर भयो : अध्यक्ष नेपाल (भिडियो रिपोर्टसहित)
२०७९ साउन ४ गते १६:५४

४ साउन २०७९ काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गत स्थानीय निर्वाचनमा गठबन्धनको गीत गाएर बस्दा पार्टी कमजोर भएको बताउनुभएको छ ।
काठमाडौंमा आज आयोजित पार्टीका जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धनको कुनै भरोसा नभएको बताउनुभयो ।
अध्यक्ष नेपालले आफ्नो आधार र शक्ति बनाउन नसक्नेहरु अरुको आशामा बाँच्नुपर्ने भएकाले आगामी दिनमा थप तयारी गरेर आफैं जित्नसक्ने हुनुपर्ने बताउनुभयो ।
अध्यक्ष नेपालले आफूभन्दा समाजवादी ठूलो हुन्छ कि भनेर कतिपय दलको निदहराम भएको दाबी समेतगर्नुभयो ।
प्रतिक्रिया