बालै–पिना–राताचौर सडक खण्डमा ग्राभेल गर्ने नाममा माटो मात्र प्रयोग (भिडियो रिपोर्टसहित)

२०७९ असार ३१ गते १५:०४
बालै–पिना–राताचौर सडक खण्डमा ग्राभेल गर्ने नाममा माटो मात्र प्रयोग (भिडियो रिपोर्टसहित)

३१ असार २०७९ मुगु । मुगुको गमगढी बालै–पिना–राताचौर सडक खण्डमा ग्राभेल गर्ने नाममा माटो मात्र प्रयोग गरेको भन्दै स्थानीयले विरोध गरेका छन् ।

लेत्या खोलादेखि बालै पावर हाउससम्मको २५ सय मिटर सडकखण्डमा गुणस्तरहीन ग्राभेल गरेको स्थानीयले बताएका छन् ।

यो केही दिन अगाडि ग्राभेल सम्पन्न भएको मुगुको गमगढी बालै–पिना–राताचौर सडक खण्ड । तर सडकको स्वरुप हेर्दा ग्राभेल भएको जस्तो देखिन्न । ढुङ्गा, गिट्टी र माटोको समिश्रण हाल्नुपर्ने भएपनि माटो मात्र प्रयोग गरिएको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन् ।

भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय, मुगुको ८० लाख लागतमा जिग्मे निर्माण सेवाले ग्राभेलको काम गरेको हो । ग्राभेल गर्दा गुणस्तरहीन सामग्री प्रयोग गरेको र रोलरसमेत प्रयोग नगरेको स्थानीय सरकार बताउँछ ।

पूर्वधार विकास कार्यालय, मुगुले पनि पूर्ण रकम भूक्तानी गरिसकेको छ । कार्यालयले कार्यसम्पन्न भएको स्थानको अनुगमन नै नगरी गैर जिम्मेवार रुपमा रकम भूक्तानी गरेको हो ।

देश संघीय संरचनामा नजाँदैदेखि यो सडकमा बजेट विनियोजन हुँदै आएको छ । करोडौँ लगानी हुँदा पनि सडकको अवस्था भने उस्तै छ । दीर्घकालीन सोचसहित गुणस्तरीय काम हुन नसकेको यो सडक कसैका लागि कमाइखाने भाँडो मात्र बनेको प्रष्ट बुझ्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *