यस्तो विद्यालय जहाँ विद्यार्थीलाई दिइन्छ प्रयोगात्मक ज्ञान (भिडियो रिपोर्टसहित)

२०७९ असार २९ गते १७:४७
यस्तो विद्यालय जहाँ विद्यार्थीलाई दिइन्छ प्रयोगात्मक ज्ञान (भिडियो रिपोर्टसहित)

२९ असार २०७९ काठमाडौं । नेपालको आम शिक्षा प्रणाली सैद्धान्तिक ज्ञानमा मात्र आधारित छ । तर केही यस्ता विद्यालय पनि छन् जसले आफ्ना विद्यार्थीलाई प्रयोगात्मक ज्ञान दिने गरेका छन् । त्यति मात्र हैन, उत्पादनबाट प्राप्त आम्दानी विद्यालय सुधारमा प्रयोग गरिरहेका छन् ।

शहीद स्मृति माध्यामिक विद्यालय, कावासोती । अनि यो विद्यालय प्राङ्गणमा रहेको तरकारी खेती । यहाँका विद्यार्थी कहिले विरुवाको स्याहार, कहिले गोडमेल गर्दै हुन्छन् त कहिले तरकारी टिप्दै हुन्छन् । बारीमा लटरम्म गोलभेंडा, लौका, घिरौँला, करेलाजस्ता तरकारी फलेको छ । कृषि वनस्पति विज्ञान अध्ययनरत विद्यार्थीको सैद्धान्तिक ज्ञानलाई व्यवहारिक सीपसँग जोड्न यो अभ्यास गराइएको हो ।

विद्यालयमा जिल्लाका विभिन्न भागबाट मात्र नभई अन्य जिल्लाबाट समेत विद्यार्थी अध्ययनका लागि आउने गर्छन् । आफूले किताबमा पढेका विषयको प्रयोगात्मक अभ्यास गर्न पाउँदा विद्यार्थी पनि खुसी छन् ।

विद्यार्थीले उत्पादन गरेको तरकारी नजिकका बजारमा विक्री गर्ने गरिएको छ । तरकारीबाट भएको आम्दानी प्रयोगात्मक अभ्यास तथा प्रयोगशालामा खर्च गर्ने गरेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *