समाज

कञ्चनपुरमा लागु औषध ओसारपसार यसरी बढ्दै (भिडियो रिपोर्टसहित)

२०७९ असार २८ गते १७:१५
कञ्चनपुरमा लागु औषध ओसारपसार यसरी बढ्दै (भिडियो रिपोर्टसहित)

२८ असार २०७९ कञ्चनपुर । कञ्चनपुरमा पछिल्लो समय लागु औषध ओसारपसार बढेको पाइएको छ । भारतको उत्तरप्रदेश र उत्तराखण्डसँग खुल्ला सिमाना कारण पनि धेरै मात्रामा लागूऔषध ओसारपसार हुने गरेको छ ।

प्रहरीले १ वर्षमा २ सय ३४ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ ।कञ्चनपुरमा भारतीय भूमिबाट नियमित रुपमा अवैध लागूऔषध भित्रने गरेको छ । त्यसमध्ये केही घटना मात्र प्रहरीसम्म आइपुग्छ ।

प्रहरीसम्म आइपुगेका सबै घटनामा सफलता मिलिरहेको छैन् । भारतीय पक्षले पनि लागूऔषध नियन्त्रणमा ध्यान दिएको देखिँदैन । सीमा क्षेत्रमा प्रहरीले कडाइ गरे दुर्व्यसन नियन्त्रणमा सहयोग पुग्ने स्थानीयको बुझाइ छ ।

लागूऔषध प्रयोगकर्तासँगै ओसारपसार गर्ने क्रम पनि बढेको छ । प्रहरीले सरोकारवालासँग हातेमालो गर्दै साधन श्रोतको अधिकतम प्रयोग गरी न्युनिकरण गर्ने प्रयत्न गरिरहेको जिल्ला प्रहरी कार्यालयको दाबी छ ।

पछिल्लो समय युवा दुर्व्यसनीको संख्या बढ्दै गएको छ । यो अवस्थामा परिवार, समुदाय, सरोकारवाला पक्ष र प्रहरी प्रशासन सबैले दुर्व्यसन नियन्त्रणमा हातेमालो गर्नु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *