चेपाङ किशोरी छात्राबासलाई प्रदेश सरकारले २० वटा कम्प्युटर सहयोग गर्ने
२०७९ असार २५ गते १५:२३
२५ असार २०७९ धादिङ । बागमती प्रदेश सरकारले धादिङको गजुरी–१ हाँगेटारमा निर्माण भएको चेपाङ छात्राबासलाई २० थान कम्प्युटर सहयोग गर्ने भएको छ ।
छात्राबास उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले छात्राबासलाई २० वटा कम्प्युटर सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको हो ।
मुख्यमन्त्री पाण्डेले योग्य मान्छे उत्पादन गर्ने केन्द्रको रुपमा छात्राबासलाई विकास गर्न आग्रह गर्दै चेपाङ समुदायको घर बनाउन प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो ।
१ करोड २९ लाखमा निर्माण सम्पन्न छात्राबास प्रयास नेपाल, धादिङको समन्वयमा प्लानेट इन्फ्रान्ड डेभलपमेन्टको आर्थिक सहयोगमा निर्माण भएको हो ।
प्रतिक्रिया