पाँच कक्षामा ६१ वर्षीय रिमबहादुर खड्का (भिडियो रिपोर्टसहित)

२०७९ असार २४ गते १७:०५
पाँच कक्षामा ६१ वर्षीय रिमबहादुर खड्का (भिडियो रिपोर्टसहित)

२४ असार २०७९ दाङ । इच्छाशक्ति भए पढाईलाई उमेरले छेक्दैन । दाङका रिमबहादुर खड्का त्यसको उदाहरण हुनुहुन्छ । बुढेसकालमा विद्यालय जाँदा कतिपयले व्यङ्ग्य गरे पनि ६१ वर्षीय रिमबहादुर कक्षा पाँचमा पढिरहनु भएको छ ।

बाल्यकालमा अधुरो रहेको पढ्ने सपना ६१ वर्षीय रिमबहादुर खड्काले अहिले पूरा गर्दै हुनुहुन्छ । बिहान उठ्ने, घरका काम सक्ने र विद्यालय जाने, उहाँको दैनिकी बनेको छ । समय, परिस्थिति र विभिन्न कारणले गर्दा सानोमा रहर भएर पनि पढ्न पाउनुभएन । यही असार १४ गते जनज्योति आधारभूत विद्यालयमा भर्ना भएका खड्काको कम्तिमा एसईई परीक्षा दिने लक्ष्य छ ।

रिमबहादुर विद्यालय जान थालेपछि गाउँका अन्य जेष्ठ नागरिक पनि प्रेरित भएका छन् । बुढेसकालमा विद्यालय जाँदा कतिपयले व्यङ्ग्य गरे पनि परिवारका सदस्यले भने रिमबहादुरलाई साथ दिएका छन् ।

बुवाको उमेरका विद्यार्थीलाई पढाउन शिक्षकहरु शुरुमा धक मान्थे अहिले उनीहरुलाई पनि सहज भइसकेको छ ।

यसरी पढाईबाट बञ्चित भएका जेष्ठ नागरिक विद्यालय जाँदा अन्य जेष्ठ नागरिकलाई पनि पढाईको लागि उमेरले नछेक्ने एउटा उदाहरण बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *