भारतीय नागरिकको हत्या आरोपमा श्रीमान–श्रीमती पक्राउ

हिमालय टिभी
२०७९ असार २० गते १४:०७
भारतीय नागरिकको हत्या आरोपमा श्रीमान–श्रीमती पक्राउ

२० असार २०७९ झापा । झापाको अर्जुनधारा– ४ जुकेखाडीमा भेटिएको शव भारतीय नागरिक ४० वर्षीय जपडिया नरेश कुमार बाबु भाइको रहेको खुलेको छ ।

भारत गुजरात राज्य अहमदाबाद, कुवेरनगर निवासी जपडिया नरेशलाई फलामको मार्तोलले हिर्काएर हत्या गरेको आरोपमा झापा प्रहरीले एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ ।

घटनामा संलग्न एक जना फरार रहेको छ । उनको खोजी कार्य भइरहेको छ । पक्राउ पर्नेहरू अर्जुनधारा नगरपालिका– ७ स्थित डाँडागाउँ निवासी ३२ वर्षीया जानुका देवी थापा, सोही ठाउँका ४९ वर्षीय विजय भन्ने बृखबहादुर थापा र सुनसरी जिल्ला वराहक्षेत्र नगरपालिका १० निवासी २५ वर्षीय सुरेश परियार रहेको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिनुभयो । जानुका र बृख नातामा श्रीमान–श्रीमती हुन् ।

आरोपी तीनै जनालाई आइतबार दिउँसो इलाका प्रहरी कार्यालय अनारमनिमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *