इलाममा जीप दुर्घटना हुँदा ११ जना घाइते
२०७९ असार १७ गते १७:२३
१७ असार २०७९ इलाम । इलाममा जीप दुर्घटना हुँदा दश महिनाको शिशुसहित १३ जना घाइते भएका छन् ।
ताप्लेजुङबाट झापाका लागि छुटेको को १ ज ३३ २९ नम्बरको जीप मेची राजमार्गको पुवाखोलामा दुर्घटनामा घाइते भएकामध्ये सात जनाको अवस्था गम्भीर छ ।
घाइते सबैको इलाम अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि झापाका बिभिन्न अस्पतालमा रेफर गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
प्रतिक्रिया