असार १५ मा खाइने दही-चिउराको महत्व के छ ? (भिडियो रिपोर्टसहित)

१५ असार २०७९ काठमाडौं । राष्ट्रिय धान दिवससँगै नेपाली समाजमा दही चिउरा खाने प्रचलन पनि रहेको छ ।
माना रोपेर मुरी फलोस् भन्ने कामनासहित शुरु गरिएको रोपाइँ सकिएपछि किसानहरु एक आपसमा खुशी साट्दै दही–चिउरा खाने चलन नै छ । असार १५ मा खाइने दही चिउराको महत्व के रहेको छ त ?
आज बजारमा दही र चिउरा किन्नेको भिड छ । अन्य बेला दही चिउरा खाने भएपनि असार १५ मा खाने दही चिउरा सबैका लागि विशेष छ ।
असार १५ मा अधिकांश व्यक्तिले परिवारसँग बसेर दही चिउरा खाने चलन छ । परम्परागत रुपमा असार १५ मा दही चिउरा खाने भएपनि स्वास्थ्यको हिसावले पनि दही चिउरा निक्कै फाइदा जनक छ । दहीले शरीरमा के फाइदा गर्छ त ?
दही चिउरामा केरा, आँप राखेर खाने चलन पनि छ । दही कसरी खादाँ फाईदा हुन्छ त ? असार १५ मा मात्रै होइन दही हप्ताको तीन पटकसम्म खाने हो भने निक्कै फाइदा पुग्ने डाक्टर उप्रेती बताउनुहुन्छ ।
दही स्वाथ्यका लागि फाइदाजनक भएपनि गुणस्तरहीन दही खाँदा स्वास्थ्यलाई हुने हानीको बारेमा ध्यान दिँदै दही चिउरा खान चिकित्सकको सुझाव छ ।
प्रतिक्रिया