पेस्तोलसहित दुईजना पक्राउ
२०७९ असार १४ गते ८:५३

१४ असार २०७९ धादिङ । धादिङको खनियाबास गाउँपालिका–२ झार्लाङका दुई जना पेस्तोलसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झार्लाङ घर भएका २५ वर्षीय सुनिल तामाङ र अविनाश तामाङ रहेका छन् ।
अवैध रुपमा हातहतियार पेस्तोल लुकाई छिपाई राखेको गोप्य सूचना प्राप्त भए पछि जिल्ला प्रहरी कार्यालय धादिङबाट प्रहरी निरीक्षक रमेश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।
कोठा खानतलासी गर्दा म्याग्जिनसहितको पेस्तोल एक थान‚ खुकुरी एक थान र मोबाइल सेट तीन थान बरामद भएको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।
प्रतिक्रिया