रुसले युक्रेनको व्यस्त सपिङ सेन्टरमा मिसाइल आक्रमण गर्दा १६ जनाको मृत्यु

हिमालय टिभी
२०७९ असार १४ गते ८:१८
रुसले युक्रेनको व्यस्त सपिङ सेन्टरमा मिसाइल आक्रमण गर्दा १६ जनाको मृत्यु

१४ असार २०७९ युक्रेन । रुसले युक्रेनको क्रेमेन्चुक शहरस्थित एक व्यस्त सपिङ सेन्टरमा मिसाइल आक्रमण गर्दा कम्तिमा १६ जनाको मृत्यु भएको छ ।

५९ भन्दा बढी घाईते भएका छन् । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले आक्रमणको समयमा सपिङ सेन्टरभित्र १ हजारभन्दा धेरै मानिस रहेको बताएका छन् । आक्रमणबाट सपिङ सेन्टर क्षतविक्षत भएको छ ।

रुसविरुद्धको प्रतिबन्ध थप कडा बनाउनेबारे जर्मनीमा जी सेभेनका नेताहरु छलफल गरिरहेका बेला आक्रमण भएको हो । आक्रमणलाई युद्ध अपराध भन्दै जी सेभेनका नेताहरुले युक्रेनलाई सबैखालको सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आक्रमणको निन्दा गर्दै जी सेभेनका नेताहरुले युक्रेनलाई सबैखालको सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । डिनिप्रो नदीको किनारमा अवस्थित क्रेमेन्चुक युक्रेनको सबैभन्दा ठूलो तेल प्रशोधन क्षेत्र रहेको शहर हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *