विवादका कारण पञ्चपुरी सबस्टेशन सञ्चालन ६ वर्षदेखि अलपत्र (भिडियो रिपोर्टसहित)

२०७९ असार १३ गते १७:४४
विवादका कारण पञ्चपुरी सबस्टेशन सञ्चालन ६ वर्षदेखि अलपत्र (भिडियो रिपोर्टसहित)

१३ असार २०७९ सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–५ मा विद्युत् सबस्टेशनको निर्माण सकिएको ६ वर्ष बित्यो । तर सबस्टेसन सञ्चालनमा आउन भने सकेको छैन । प्रसारण लाइनका लागि वन क्षेत्र हुँदै गाउँ पुर्‍याउनुपर्ने विषयमा विवाद हुँदा अहिले आयोजना नै अलपत्र अवस्थामा छ ।

२०७३ सालमा नेपाल विद्युत् प्राधिकरणले पश्चिम सुर्खेतमा विद्युतीकरण गर्न भन्दै बाबियाचौरमा सबस्टेसन निर्माण गर्‍यो । अलपत्र परेको सबस्टेसनमा भएका संरचना बिग्रिँदै गएका छन् भने टुकी र सोलारको भरमा बसेका स्थानीयको उज्यालोमा बस्ने सपना ६ वर्ष बित्दासमेत अपूरै छ । सबस्टेसन सञ्चालन भएपछि उद्योग तथा कलकारखाना खुल्ला र नागरिकले रोजगारी पाउलान् भन्ने उनीहरुको आशा पनि अपूरै छ ।

प्रसारण लाइनका लागि वन क्षेत्र प्रयोग गर्नपर्ने हुन्छ । वन क्षेत्रभित्रका रुख कटानपछि विवादले मुद्दाको रुप लियो । डिभिजन वन कार्यालय बाबियाचौर सुर्खेत रुख कटानका लागि वन विभागको निर्देशन नभएको बताउँछ ।

यता सब स्टेशन रहेको पञ्चपुरी नगरपालिका भने अबको केही महिनाभित्र सुर्खेत पश्चिम क्षेत्रका नागरिकले उपभोग गर्न पाउने आधारविहीन आश्वासन प्रस्तुत गर्छ ।

सरोकालवाला निकाय एक अर्कामा दोष दिएर जनतालाई अन्धकारमा राखिरहेका छन् । उचित समाधानका लागि वन विभाग चनाखो नबन्दा करोडौँको लगानी अलपत्र परेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *