धादिङको रुबीभ्यालीमा बैंक अफ काठमाडौंको शाखा
२०७९ असार १३ गते ९:२१
१३ असार २०७९ धादिङ । धादिङको रुवी भ्याली गाउँपालिकामा बैंक अफ काठमाडौंले शाखा विस्तार गरेको छ।
नवनिर्वाचित गाउँपालिका अध्यक्ष रामसिं तामाङको खाता खोलेर बैंकको सेवा शुरु गरेको हो । योसँगै धादिङको १३ वटै स्थानीय तहमा बैंकिङ सेवा पुगेको छ ।
भौगोलिक हिसाबले विकट रुवी भ्यालीमा बैंक पुगेपछि गाउँपालिकाको योजनाको भुक्तानी लिन धादिङबेसी झर्नुपर्ने बाध्यता अन्त्य भएको गाउँपालिका अध्यक्ष तामाङले बताउनुभयो ।
उहाँले नयाँ आर्थिक वर्षबाट गाउँपालिकाको सम्पूर्ण आर्थिक कारोबार बैंकबाट गरिने बताउनुभयो । गाउँमै बैंक सेवा शुरु भएसँगै स्थानीयमा खुसी छाएको छ ।
योसँगै बागमती प्रदेशको सबै स्थानीय तहमा बैंकका शाखा पुगेको छ । बागमती प्रदेशमा दुई हजार ९४१ बैंक तथा वित्तीय संस्थाका शाखा स्थापना भएका छन् ।
प्रतिक्रिया