घोरल मारेको आरोपमा पक्राउ परेको सिकारी कुकुर यसरी छुट्यो (भिडियो रिपोर्टसहित)

२०७९ असार ११ गते १४:०३
घोरल मारेको आरोपमा पक्राउ परेको सिकारी कुकुर यसरी छुट्यो (भिडियो रिपोर्टसहित)

११ असार २०७९ मुगु । मुगुको मुगुम कर्मारोङ गाउँपालिकामा एउटा अनौठो घटना भयो । घोरल मारेको आरोपमा एउटा सिकारी कुकुरलाई पक्राउ गरियो । पछि घोरल कुकुरले मारेको पुष्टि नभएपछि थुनामुक्त गरिएको छ । विरलै सुनिने यो घटना के हो ?

गत फागुन २५ गते जंगली घोरल मारेको आरोपमा मुगुमा मालिकसँगै कुकुर पनि पक्राउ पर्‍यो। मुगुम कर्मारोङ गाउँपालिका वडा नम्बर १ चितैका च्याम्पा तामाङ, उनका छोरा दावाछोर्देन, टासी र छिमेक तामाङलाई पक्राउ गरियो ।

जंगली जनावर चोरी शिकारी गरेको आरोपमा उनीहरूलाई वन कार्यालयले मुद्दा चलायो । जिल्ला अदालतको आदेशबाट च्याम्पा र दावाछोर्देन जेठ १२ गते जनही ७० हजार रुपैयाँ धरौटीमा रिहा भए । टासी र छिमेक साधारण तारेखमा छुटे । तर कुकुर भने थुनामै राखियो ।

कुकुर मालिक च्याम्पा तामाङ कुकुर लिनको लागि असार ७ गते मात्रै खबर पाएको बताउँछन । आफु हरेक महिना तारेखको लागि सदरमुकाम गमगढीमा आउने गरेको भए पनि कुकुर लिने विषयमा कुनै कुरा नगरेको बताउँदै ७ गते मात्र कुकुर बुझ्न अनुरोध गरेपछि तामाङले वन कार्यालयबाट कुकुर बुझेका हुन ।

हरेक प्राणीको स्वतन्त्रपूर्वक बाँच्न पाउने अधिकार संविधानमा उल्लेख गरेको छ । तर आरोपित छुट्दा पनि निर्दोष कुकुरलाई किन मासु भात खुवाएका छौं भन्दै बन्दी बनाईयो भन्ने प्रश्न उठेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *