विद्युत आपूर्ति नियमित नहुँदा सेवाग्राहीलाई समस्या (भिडियो रिपोर्टसहित)
२०७९ असार ५ गते १८:५८

५ असार २०७९ सुर्खेत । कर्णाली प्रदेशमा विद्युतको आपूर्ति नियमित नहुँदा सेवाग्राहीलाई समस्या भइरहेको छ ।
गर्मीको समयमा विद्युत खपत चुलिएको छ । तर, ट्रान्समिटर र तारको क्षमता बृद्धि नहुँदा सुर्खेत, दैलेख, जाजरकोट, कालिकोट लगायतका जिल्लामा विद्युत नियमित छैन ।
विद्युत खपत बढिरहेका कारण फिडरले भार धान्न नसक्दा बेला बेला लोडसेडिङ हुने गरेको सुर्खेतस्थित विद्युत प्राधिकरण कार्यालयले जनाएको छ ।
पछिल्लो समय विद्युत अनियमितसँगै भोल्टेजको समस्या पनि बढ्दै गएको छ । छिनछिनमा विद्युत जाने–आउने भइरहँदा विद्युतीय उपकरण बिग्रिने जोखिम पनि बढेको छ ।
प्रतिक्रिया