मिनी ट्रक दुर्घटना हुँदा ११ जना मलामी घाइते

२०७९ असार ४ गते १८:२१
मिनी ट्रक दुर्घटना हुँदा ११ जना मलामी घाइते

४ असार २०७९ धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका –३ मैदी जाँदै गरेको मिनी ट्रक दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

शुक्रबार राति करिब १० बजे मलामी बोकेर जाँदै गरेको बा. ४ ख. १२२९ नम्बर मिनी ट्रक नीलकण्ठ नगरपालिका ८ मैदीभन्ज्याङमा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

घाइते भएका ११ जनामध्ये गाउँपालिका वडा नम्बर २ का ४६ वर्षीय शिव कुमार श्रेष्ठ, वडा नम्बर ३ का १५ वर्षीय अशोक श्रेष्ठ, सोही ठाउँका ४० वर्षीय पदमबहादुर मगर, २५ वर्षीय नारायण श्रेष्ठ र धन बहादुर मगरको भने काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइते ६ जनाको भने धादिङ अस्पतालमा उपचार पश्चात् डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।

सवारी चालकलाई भने प्रहरी नियन्त्रणमा लिएको छ । नेपाल प्रहरी , धादिङ रेडक्रस, धादिङ सोसियल भोलेन्टियर, एम्बुलेन्स चालक समाज र स्थानीय जनताको सहयोगमा उद्वार गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *