राजनीति

विभाजनको बाटोमा जनता समाजवादी पार्टी

हिमालय टिभी
२०७९ जेठ ३० गते १५:११
विभाजनको बाटोमा जनता समाजवादी पार्टी

३० जेठ २०७९ काठमाडौं । सरकारमा सामेल हुने गरी लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले प्रधानमन्त्रीसँग छलफल थालेको छ ।

लोसपाका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी लगायतका नेताहरु आज बिहान प्रधानमन्त्री निवास वालुवाटार पुग्नुभएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग लोसपा सरकारमा सामेल हुनेबारे ठोस छलफल भएको सहभागी एक नेताले जानकारी दिएका छन् । लोसपा नेताहरुले दुई देखि तीनवटा मन्त्रालय मागेको बताइएको छ । थप छलफल गरेर निर्णयमा पुग्ने सहमति बनेको नेताहरुको भनाइ छ ।

लोसपाले नागरिकता विधेयक पास गर्ने लगायतका आफ्ना मागका बारेमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

लोसपाका नेताहरु बाहिरिएसँगै सत्तारुढ जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उहाँ निकट नेताहरु पनि बालुवाटार पुग्नुभएको थियो ।

पार्टी विभाजनको तयारीमा रहेका भट्टराईले आफूसँग बहुमत सांसद रहेको प्रधानमन्त्री देउवालाई आस्वस्त पार्नुभएको बताइएको छ । भट्टराईसँग पूर्व नयाँ शक्तिका नेताहरु र राजकिशोर यादव, महिन्द्रराय यादव, मोहम्मद इस्तिहाक राई लगायतका नेताहरु रहेका छन् ।

भट्टराई समूह केन्द्रीय अध्यक्ष उपेन्द्र यादवसँग रुष्ट रहेका छन् । उपेन्द्र समूहले पार्टीको हरेक काममा एकलौटी गर्न खोजेको आरोप लगाउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्