राजनीति

जनतालाई हेपेर निर्णय गर्दा काठमाडौंको मेयरमा कांग्रेसको हारः वरिष्ठ नेता पौडेल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ जेठ २१ गते १७:१३
जनतालाई हेपेर निर्णय गर्दा काठमाडौंको मेयरमा कांग्रेसको हारः वरिष्ठ नेता पौडेल (भिडियो रिपोर्टसहित)

२१ जेठ २०७९ काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई हेपेर निर्णय गर्दा कांग्रेस काठमाडौं महानगरपालिकाको मेयरमा पराजित हुनुपरेको टिप्पणी गर्नुभएको छ ।

वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेस र नेकपा एमालेले जनताको चाहनाविपरीत उम्मेदवार खडा गरी जनतालाई हेपेका कारण राजनीतिक दल महानगरको प्रमुख बन्न नसकेको बताउनुभयो ।

उहाँले प्रमुखका उम्मेदवारको कार्यक्षमताको समय सकिसकेकाले जनताले राजनीतिक दलहरुले गरेको निर्णयलाई लत्याएको बताउनु भयो ।

वरिष्ठ नेता पौडेलले आगामी दिनमा पनि यस्तै गल्ती नेतृत्व पंक्तिले गरिरहने हो भने नेपालको राजनीति यस्तै हुन्छ भन्न नसकिने बताउनुभयो ।

दलहरुले जनताले रुचाउने उम्मेदवार उठाउनुपर्ने भन्दै उहाँले पुनः मूर्खतापूर्ण निर्णय गरेर राजनीतिक दलको अपमान गर्न नहुने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्