धादिङमा ट्रकको ठक्करबाट अटो चालकको मृत्यु

२०७९ जेठ २१ गते १७:०४
धादिङमा ट्रकको ठक्करबाट अटो चालकको मृत्यु

२१ जेठ २०७९ धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थांक्रे गाउँपालिका–१ सिम्लेमा ट्रकले अटोलाई ठक्कर दिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।

काठमाडौंबाट गजुरीतर्फ आउँदै गरेको ना ६ ख १२७२ नम्बरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०३–००१ ह १८१७ नम्बरको अटोलाई ठक्कर दिँदा अटो चालक बेलकोटगढी नगरपालिका बस्ने अन्दाजी ३०–३५ वर्षको कमल श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

ठक्कर दिने ट्रक र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *