पहिला जोसँग हारे अहिले उसैलाई हराए
६ जेठ २०७९ बेनी । म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्षमा २०७४ सालको स्थानीय तह निर्वाचनमा पराजित भएका नेकपा (एमाले) का बेगप्रसाद गर्बुजाले त्यतिबेलाकै प्रतिस्पर्धीलाई पराजित गर्नुभएको छ । निवर्तमान गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकालाई गर्बुजाले पराजित गर्नुभएको हो ।
विसं २०७४ मा रोकाले गर्बुजालाई ८५ मतले पराजीत गर्नुभएको थियो । यस पटकको निर्वाचनमा गर्बुजाले रोकालाई १२१ मतान्तरले हराउँदै जित हासिल गर्नुभएको हो । गर्बुजाले तीन हजार ९१, रोकाले दुई हजार ९७० र नेकपा (माओवादी केन्द्र) का रेशमबहादुर जुग्जालीले दुई हजार २२५ मत प्राप्त गर्नुभएको छ । तेह्र हजार २०१ मतदाता रहेको मालिकामा आठ हजार ८४५ मत खसेको थियो ।
कूल ६ स्थानीय तह र ४५ वडा रहेको म्याग्दीमा एमालेले २२ वडासहित चार स्थानीय तहमा प्रमुख, तीन स्थानीय तहमा उपप्रमुख, कांग्रेसले १७ वडासहित दुई स्थानीय तहमा प्रमुख र एउटामा उपप्रमुख तथा माओवादी केन्द्रले ६ वडासहित दुई स्थानीय तहमा उपप्रमुखमा जित हासिल गरेको छ ।
प्रतिक्रिया