बुद्धशान्तिको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले

२०७९ जेठ ६ गते ८:४०
बुद्धशान्तिको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले

६ जेठ २०७९ झापा । झापाको बुद्धशान्ति गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका मनोज प्रसाईं निर्वाचित हुनुभएको छ ।

उहाँले ११ हजार ४०३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) की मीरा भूर्तेलले आठ हजार ३०२ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा एमालेकी भवानी खतिवडा आठ हजार ७४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का खड्गबहादुर तिम्सिनाले पाँच हजार २१६ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *